भक्तपुरकी गर्भवती महिलामा कोरोना संक्रमण

भक्तपुर — केएमसी अस्पताल सिनाम‌ंगलमा नियमित स्वास्थ्य परीक्षण गराइरहेकी एक गर्भवती महिलामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । मंगलबार कोरोना संक्रमण पुष्टि भएकी ३० वर्षीया महिला चाँगुनारायण नगरपालिका–३ झौखेल निवासी हुन् ।

भक्तपुरकी गर्भवती महिलामा कोरोना संक्रमण

‘डेलिभरी’ को समय नजिकिँदै गर्दा नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल गएको र अस्पतालले पीसीआर परीक्षण गराउँदा संक्रमण पुष्टि भएको महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एसपी सबिन प्रधानले बताए । कोरोना संक्रमित महिलालाई मंगलबार नै पाटन अस्पतालमा भर्ना गरेको उनले जानकारी दिए ।

ती महिलाको स्वास्थ्य अवस्था सामान्य छ । संक्रमित महिला दोस्रो सन्तानलाई जन्म दिने तयारीमा छिन् । उनको घर एकान्तमा भएकोले घरका अन्य परिवारका सदस्यलाई घरमै आइसोलेसनमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ २१, २०७७ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?