१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

भक्तपुरकी कोरोना संक्रमित वडा महिला सदस्य कोरोनामुक्त

भक्तपुर — भक्तपुर नगरपालिका–९ वडाकी महिला सदस्य कोरोना भाइरस (कोभिड–१९) मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएकी छन् । शुक्रबार कोरोना पुष्टि भएकी ४२ वर्षीया वडा महिला सदस्य पाटन अस्पतालबाट बिहीबार डिस्चार्ज भएको भक्तपुर–९ वडाका वडाध्यक्ष रविन्द्र ज्याख्वले बताए । 

भक्तपुरकी कोरोना संक्रमित वडा महिला सदस्य कोरोनामुक्त

जेठ ६ मा भक्तपुर नगरपालिकाद्धारा संचालित जनस्वास्थ्य केन्द्र च्याम्हासिंहले संकलन गरेको ‘नोजल स्वाब’ टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा उनको कोरोना पुष्टि भएको थियो । ती महिलाको परीक्षणको रिपोर्ट पोजिटिभ आएपछि पाटन अस्पतालको कोभिड आईसीयू ब्लकमा भर्ना गरिएको थियो । पाटन अस्पतालमा बुधबार र बिहीबार गरिएको कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरेको वडाध्यक्ष ज्याख्वले बताए ।

वडा महिला सदस्यलाई कोरोना पुष्टि भएपछि भक्तपुर नगरले जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मीलगायत १ सय ६८ जनाको पीसीआर परिक्षण गराएको छ । जसमध्ये, जसमध्ये १ सय २० जनाको रिपोर्ट आइसकेको नगरपालिकाले जनाएको छ ।

प्रकाशित : जेष्ठ १६, २०७७ ०६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?