भक्तपुरमा संक्रमित भेटिएका दुवाकोट र शंखधर चोकआसपासका क्षेत्र सिल

वैशाख ३१, २०७७

मकर श्रेष्ठ, अंगद ढकाल

काठमाडौँ — भक्तपुरमा संक्रमण भेटिएका दुई ठाउँलाई प्रहरीले सिल गरेको छ । मंगलबार दुवाकोटमा बस्दै आएका एक पुरुष र मध्यपुर थिमि नगरपालिका, शंखधर चोकनजिकै बस्ने एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएसँगै बुधबार बिहान प्रहरीले दुवाकोट र शंखधर चोक आसपासको क्षेत्रलाई सिल गरेको छ । 

भक्तपुरमा कार्यरत ती महिलाको सुनसरीबाट आएर साथीको कोठामा आएर बसेकी थिइन् । साथीको कोठामा बसेकै बेलामा उनमा संक्रमण पुष्टि भएको हो ।

दुवाकोटमा भेटिएका संक्रमित पुरुष सशस्त्र प्रहरी रहेको स्रोतले जनाएको छ ।  प्रहरीले दुवै जनाको ट्राभल हिस्ट्री पत्ता लगाएर कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरिसकेको जनाएको छ ।

-यसअघिको समाचारमा संक्रमित महिला स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी हुनुपर्नेमा नर्स हुन गएकोमा सच्याएका छौं ।

कोरोना भाइरस

मकर विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका श्रेष्ठ शिक्षा, संसदीय मामिला र सुशासनका विषयमा लेख्छन्।

अंगद ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।

Link copied successfully