सेग्वेले नाइमा एक्स्पोमा नयाँ विद्युतीय स्कुटर, बाइक र साइकल सार्वजनिक गर्दै

सेग्वेले ई१५० एमके २ र ई१२५ एमके २ स्कुटर, जाइबर बाइक र जाफारी साइकल सार्वजनिक गर्ने घोषणा गरेको छ।

श्रावण २०, २०८२

कान्तिपुर संवाददाता

Segway unveils new electric scooters, bikes and bicycles at Naima Expo

काठमाडौँ — नेपालमा विद्युतीय सवारी साधनप्रतिको चासो बढिरहेका बेला सेग्वे–नाइनबोटका आधिकारिक बिक्रेता आइहबले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा चार नयाँ मोडेल सार्वजनिक गर्ने भएको छ।

सेग्वेले यसपटक दुई वटा विद्युतीय स्कुटर– सेग्वे ई१५० एमके २ र ई१२५ एमके २ सार्वजनिक गर्नेछ। एउटा विद्युतीय बाइक ‘जाइबर’ र एउटा विद्युतीय साइकल ‘जाफारी’ एक्स्पोमा सार्वजनिक गर्ने कम्पनीले जनाएको छ। 

यी मोडेलहरू दैनिक प्रयोगदेखि वातावरणमैत्री यात्रासम्मका लागि उपयुक्त हुने गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ।

सेग्वे ई१५० एमके २ मा ७५०० वाट मोटर र दुईवटा १९४४ वाटघण्टा ब्याट्री रहेका छन् भने सेग्वे ई१२५ एमके २ मा ३६०० वाट मोटर र १९४४ वाटघण्टा ब्याट्री छ। ‘जाइबर’ विद्युतीय बाइकले ७७ किमीसम्मको दायरा दिन सक्छ भने विद्युतीय साइकल ‘जाफारी’ले ५८ किमी सम्म चल्न सक्छ।

कान्तिपुर संवाददाता

Link copied successfully