दिपलको '५ वर्षसम्म शून्य खर्च’ अफर 

दिपल एस०७ आईसीएमा ६८.८ किलोवाट आवरको एलएफपी ब्याट्री प्रयोग गरिएको छ, जसले ४१० किलोमिटरको डब्लूएलटीपी रेन्ज दिनेछ ।

श्रावण १९, २०८२

कान्तिपुर संवाददाता

Deepal's 'Zero Expenses for 5 Years' Offer

काठमाडौँ — ईभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले एसयूभी दिपल एस०७ को अपग्रेडेड भर्सन एस०७ आईसीसीलाई नेपालमा सार्वजनिक गरेको छ ।

नेपालको लक्जरी ईभी सेग्मेन्टलाई नेतृत्व दिइरहेको दिपल एस०७ को यो नयाँ भेरियन्टले नेक्स्ट जेनेरेसन कनेक्टिभिटी, रिफ्रेस्ड डिजाइन र एड्भान्स्ड इन्टेलिजेन्ट फिचरमार्फत ईभीको अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

‘दिपल एस०७ आईसीए भेरियन्ट नयाँ एक्साइटिङ कलर नेबुला ब्लुमा पनि उपलब्ध हुनेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो नयाँ कारको एलोई ह्विललाई पनि अझ आकर्षक बनाइएको छ । दिपल एस०७ आईसीएमा ६८.८ किलोवाट आवरको एलएफपी ब्याट्री प्रयोग गरिएको छ, जसले ४१० किलोमिटरको डब्लूएलटीपी रेन्ज दिनेछ ।’

कान्तिपुर संवाददाता

Link copied successfully