पायोनियर मोटो कर्पलाई 'मार्केट सेयर एचिभमेन्ट अवार्ड'

निसानका बी–एमपीभी, सी–एसयूभी र सी–एसयूभी प्लस मोडलका गाडीहरू १८ महिनाभित्र बजारमा ल्याउने तयारी रहेको कम्पनीले जनाएको छ ।

श्रावण १६, २०८२

कान्तिपुर संवाददाता

'Market Share Achievement Award' to Pioneer Moto Corp

काठमाडौँ — निसान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले नेपालमा बिक्री प्रदर्शनका आधारमा बी–एसयूभी आईसिई सेग्मेन्टमा '२०२५ मार्केट सेयर एचिभमेन्ट अवार्ड' पाएको छ । निसान मोटर इन्डियाद्वारा आयोजित ‘डिफाइ अर्डिनरी’ वार्षिक दक्षिण एसिया वितरक सम्मेलन २०२५ मा उक्त अवार्ड प्रदान गरिएको हो।

पायोनियर मोटो कर्पले नेपाली बजारमा निसान ब्रान्डको उपस्थिति सुदृढ पार्न सक्रिय भूमिका खेल्दै आएको छ। ‘मार्केट सेयर एचिभमेन्ट अवार्ड’ले नेपालमा निसानको प्रभावशाली बिक्री प्रदर्शन तथा निरन्तर बजार नेतृत्वमा पायोनियर मोटो कर्पको योगदानलाई अझ प्रोत्साहन दिनेछ।

उक्त सम्मेलनमा दक्षिण एसियाली बजारका लागि निसानको आगामी रणनीतिहरू पनि प्रस्तुत गरिएको थियो। कम्पनीका अनुसार भारतमा उत्पादन हुने बी–एमपीभी, सी–एसयूभी र सी–एसयूभी प्लस मोडलका नयाँ गाडीहरू आगामी १८ महिनाभित्र सार्वजनिक गरिनेछ।

यी मोडलहरू निसानको मूल एसयूभी डीएनए र जापानी क्राफ्ट्समेनसिपको प्रतिबिम्ब हुने बताइएको छ। साथै, यी गाडीहरू निसानको ‘वन कार, वन वर्ल्ड’ रणनीतिअनुसार विश्वबजारमा प्रस्तुत गरिनेछन्।

कान्तिपुर

Link copied successfully