सनलङका दुई इलेक्ट्रिक माइक्रो भ्यान सार्वजनिक हुँदै

१२ सिटे यू वानको मूल्य ४७ लाख ४७ हजार रुपैयाँ र १३ सिटे यू टुको मूल्य ५१ लाख ५१ हजार रुपैयाँ तोकिएको छ ।

श्रावण १५, २०८२

कान्तिपुर संवाददाता

Sunlong's two electric micro vans are being released

काठमाडौँ — वेबर ग्रुपअन्तर्गतको ब्लू कर्पोरेशनले आगामी साउन २१ गतेदेखि सुरु हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा चिनियाँ कमर्शियल भेहिकल ब्रान्ड सनलङका दुई नयाँ इलेक्ट्रिक माइक्रोभ्यान सार्वजनिक गर्ने भएको छ । 

ब्लू कर्पोरेशनले १२ सिटे यू वान र १३ सिटे यू टु मोडेल नेपाली बजारमा ल्याउने तयारी गरेको हो। कम्पनीले एक्स्पोमै यी दुई मोडेलको औपचारिक लञ्च गर्ने जनाएको छ।

ब्लू कर्पोरेशनका अनुसार यू वानमा ४६.३६ किलोवाट-अवर र यू टु मा ५०.२३ किलोवाट-अवरको लिथियम ब्याट्री प्याक जडान गरिएको छ। ८० किलोवाटको मोटरसहित, यू वानको दाबी गरिएको ड्राइभिङ रेन्ज ३२५ किलोमिटर र यू टुको ३५० किलोमिटर रहेको छ।

दुबै भ्यानमा १५ इञ्चका ह्वील, १८० एमएम ग्राउण्ड क्लियरेन्स, एलसीडी ड्यासबोर्ड, यूएसबी चार्जिङ इन्टरफेस, एयर कण्डिसन, प्रेडेस्ट्रियन वार्निङ सिस्टम, रिभर्स पार्किङ सेन्सर, रिभर्स क्यामेरा र फ्रन्ट पावर विन्डो जस्ता फिचर समावेश छन्।

सुरक्षाका लागि भ्यानमा एबीएस, ईबीडी, ईपीएस, ईएससी, ब्रेक असिस्ट सिस्टम, फ्रन्ट डिस्क तथा रियर ड्रम ब्रेक, सिटबेल्ट वार्निङ जस्ता प्रविधि उपलब्ध छन्।चार्जिङ सुविधाका रूपमा कम्पनीले ३.३ किलोवाटको पोर्टेबल चार्जर र ६.६ किलोवाटको वाल-माउन्टेड चार्जरसमेत उपलब्ध गराउनेछ।

ब्लू कर्पोरेशनले १२ सिटे यू वानको मूल्य ४७ लाख ४७ हजार रुपैयाँ र १३ सिटे यू टुको मूल्य ५१ लाख ५१ हजार रुपैयाँ निर्धारण गरेको छ।

कान्तिपुर संवाददाता

Link copied successfully