काठमाडौँ — चौधरी ग्रुपअन्तर्गतको सिजी मोटर्सले गिले अटो ग्रुपसँगको सहकार्यमा इलेक्ट्रिक पिकअप रिड्डारा आरडी ६ का लागि आकर्षक अफर सार्वजनिक गरेको छ । अब ग्राहकले मात्र ९ लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्टमै अत्याधुनिक विद्युतीय सवारी (ईभी) पिकअप खरिद गर्न सक्नेछन्।
यो अफरमार्फत सिजी मोटर्सले विद्युतीय मोबिलिटीलाई अझ पहुँचयोग्य, विश्वासिलो र सुविधा सम्पन्न बनाउने उद्देश्यलाई थप मजबुत बनाएको छ।
रिड्डारा आरडी६ २डब्ल्यू डी मा ६३ किलोवाट क्षमताको ब्याट्री, २०० किलोवाट पावर र ३८५ एनएम (न्युटन मिटर) टर्क दिने सिंगल इलेक्ट्रिक मोटर जडान गरिएको छ, जसले ३७७ किलोमिटरको ड्राइभिङ रेन्ज दिनेछ।
यस अन्तर्गत ग्राहकहरूले क्यासब्याक अफर, निःशुल्क एसेसोरीज र ३ लाख रुपैयाँसम्मको एक्सचेन्ज टप-अप बोनस पाउनेछन्। सिजी मोटर्सले २६० वटा भन्दा बढी चार्जिङ स्टेसन र २० वटा भन्दा बढी सेवा केन्द्रहरू नेपालको विभिन्न भू-भागमा सञ्चालनमा ल्याएको छ।
