नाइमा अटो शो २०२५ मा 'जेइको जे–५' एसयूभी

श्रावण ५, २०८२

कान्तिपुर संवाददाता

'JEICO J-5' SUV at Naima Auto Show 2025

What you should know

काठमाडौँ — एसपीजी अटोमोबाइल्सले नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा पूर्ण विद्युतीय प्रिमियम एसयूभी ‘जेइको जे–५’ सार्वजनिक गर्ने भएको छ।

कम्पनीले यसअघि नै सार्वजनिक गरिसकेको ओमोडा ई–५ र जेइको जे–६ इभी लाइनअपसँगै नयाँ जेइको जे–५ ले बोल्ड स्टाइलिङ र अत्याधुनिक प्रविधिका विशेषतासहित नेपाली बजारमा नयाँ अध्याय सुरू गर्ने दाबी गरेको छ।

एड्भेन्चरस यात्राका लागि बनाइएको जेइको जे–५ एसयूभी आरामदायी विशेषताहरूसँगै अल–रोड–रेडी देखिने रगेड बनावट तथा डिजाइनको संयोजन हो। जे–५ को शार्प एङ्गुलर डिजाइन विशेषताहरू ‘रेन्ज रोभर’को डिजाइन विशेषताहरूसँग तुलनायोग्य रहेको कम्पनीको दाबी छ।

लेभल २ एडास (एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम), श्रेणीमा उत्कृष्ट इन्टिग्रेटेड प्यानोरामिक सनरूफ, ५४०–डिग्री सराउन्ड भ्यू क्यामेरा, र इन्डिपेन्डेन्ट सस्पेन्सनजस्ता उच्च गुणस्तरका सुविधाहरू छन्। सहरी यात्रा तथा हल्का अफ–रोड यात्रा दुवैका लागि एकदमै उपयुक्त रहेको कम्पनीले जनाएको छ।

जे-५ मा कनेक्टेड कार टेक्नोलोजी सहितको भेन्टिलेटेड सिट, पूर्ण डिजिटल स्मार्ट इन्स्ट्रुमेन्ट क्लस्टर, १३२० मिलिमिटर चौडाइ भएको फराकिलो र आरामदायी सेकेन्ड–रो सिट, २५६–कलर एम्बिएन्ट लाइटिङ र ४८० लिटरको ट्रंक स्पेस तथा ३६ इन्टेलिजेन्ट स्टोरेज कम्पार्टमेन्ट छन्।

जेइको जे-५ को लम्बाइ ४३८० मिलिमिटर, चौडाइ १८६० मिलिमिटर र उचाइ १६५० मिलिमिटरको छ भने यसमा १८–इन्चका एलोय ह्विल्स छन्। १५५ किलोवाटको इलेक्ट्रिक मोटर र ५८.९ किलोवाट आवरको ब्याट्री प्याकबाट सञ्चालन हुने एसयूभीले एकै चार्जमा ४०२ किलोमिटरको डब्लुएलटिपी सर्टिफाइड रेन्ज दिनेछ।

कान्तिपुर

Link copied successfully