काठमाडौँ — एमजी मोटर्सको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले एमजी विन्डसर विद्युतीय सवारी (ईभी) सार्वजनिक गरेको छ । भारतमा निर्मित 'एमजी विन्डसर'ले व्यवहारिकता, सुविधा र प्रिमियम डिजाइनलाई एउटै गाडीमा समेट्दै एमजीको इलेक्ट्रिक मोबिलिटी पोर्टफोलियो विस्तार गरेको छ।
विन्डसरले थप स्पेस, थप कम्फर्ट र थप प्रिमियम फिचरहरू उपलब्ध गराउने भएकाले परिवार र व्यवसायिक व्यक्तिहरूका लागि उत्तम विकल्प बनाउनेछ । विन्डसरमा १३५° रेक्लाइन हुने एरो–लाउन्ज सिटहरू, ६०४ लिटरको ठुलो बुट स्पेस र १५.६ इन्चको ग्रान्डभ्यू टच डिस्प्ले छ ।
एमजी विन्डसरमा ८ किलोवाट क्षमताको ब्याट्रीले ३३२ किमी को भरपर्दो रेन्ज दिनेछ ।कुल १८६ मिमि ग्राउन्ड क्लियरेन्सले सबै बाटोमा सहज र आत्मविश्वासी ड्राइभ सुनिश्चित गर्नेछ । उक्त गाडीको मूल्य ३७ लाख ९९ हजार रुपैयाँदेखि सुरु हुनेछ ।
वायरलेस चार्जिङ सुविधाले थप सहजता र एप्पल र एन्ड्रोइड कारप्ले इन्टिग्रेशनले कनेक्टिभिटीलाई सहज बनाउने कम्पनीले जनाएको छ ।ग्राहकहरूको मनोबल र भरोसा बढाउन विन्डसर इभीमा ८ वर्षको ब्याट्री वारेन्टी छ।
देशभरका एमजीको डिलर नेटवर्कले बिक्री र सर्भिसमा उत्कृष्ट सेवा अनुभव गराउनेछ। एमजी विन्डसर इभीले स्पेस, कम्फर्ट र प्रिमियम फिचरहरूलाई एउटै विद्युतीय यात्रा अनुभवमा समेटिएको एमजी मोटर्स नेपालका प्रवक्ता सुनील बहादुर क्षेत्रीले बताए ।
