टाटाको ७.७ डिल्स लाइक नेभर बिफोर : पुराना गाडीसँग नयाँ साट्न सकिने

असार १९, २०८२

कान्तिपुर संवाददाता

Tata's 7.7 Deals Like Never Before: Old cars can be exchanged for new ones

काठमाडौँ — टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले आगामी सोमबारसम्म ‘७.७ डिल्स लाइक नेभर बिफोर’ कार्यक्रम आयोजना गरिरहेको छ। यो कार्यक्रमअन्तर्गत जुनसुकै ब्रान्डका पुराना गाडी साटेर नयाँ लिन सकिनेछ।

कम्पनीका अनुसार, पुराना गाडी साटेर टाटा ब्रान्डका पेसेन्जर श्रेणीअन्तर्गत नयाँ टियागो ईभी, पन्च ईभी, नेक्सन के३ ईभी, र कर्भ ईभी एक्सचेन्ज तथा खरिद गर्न सकिनेछ। ‘७.७ डिल्स लाइक नेभर बिफोर’ कार्यक्रम अन्तर्गत ग्राहकलाई लक्षित गर्दै हरेक टाटा गाडीको खरिदमा जोडीका लागि थाइल्यान्ड भ्रमण र एक वर्षको अटो प्लस बीमा सुविधा प्राप्त हुनेछ।

त्यसैगरी, दुई आर्थिक वर्षसम्मको सवारी कर, एसेसोरिज, वारेन्टी अवधिभर चार्जिङ सेवा, चार्जिङ बक्ससहितको जडान, र एम्बोस्ड नम्बर प्लेट जस्ता सुविधा निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ।

ग्राहकहरूले नेपालभरका टाटा मोटर्सका सोरुममा गई नयाँ तथा अत्याधुनिक डिजाइनका गाडीहरू अवलोकन गर्न सक्नेछन्। साथै, हरेक टेस्ट ड्राइभ, बुकिङ, र गाडी मूल्यांकन गर्दा ग्राहकहरूलाई आकर्षक उपहारहरू प्रदान गरिनेछ। एक जना भाग्यशाली विजेताले बम्पर पुरस्कार स्वरूप आइफोन १६ जित्ने अवसर पनि पाउनेछन्।

कान्तिपुर

Link copied successfully