काठमाडौँ — सिट्रोन गाडीको आधिकारिक विक्रेता सांग्रिला मोटर्सले आफ्नो ‘ह्याचब्याकको दाममा एसयूभी’ अभियानअन्तर्गत सिट्रोन सी३ को मूल्य घटाएको छ । पहिले ३६ लाख ५० हजार रुपैयाँ रहेको सिट्रोन सी३ पेट्रोल कम्प्याक्ट एसयूभीको मूल्य अब २९ लाख ९९ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ।
ह्याचब्याकको मूल्यमा एसयूभीको अनुभव प्रदान गरिने कम्पनीको दाबी छ । उक्त अफरअन्तर्गत ग्राहकहरूले गाडीको निःशुल्क बीमा समेत पाउनेछन् ।
भारतमा निर्मित सिट्रोन सी३ पेट्रोल मोडेलमा १० इञ्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, १२ सय सीसी इन्जिन जस्ता प्रिमियम फिचरहरू उपलब्ध छन् । यसले कम्प्याक्ट एसयूभी सेग्मेन्टमा सबैभन्दा मूल्यवान विकल्पको रूपमा आफूलाई स्थापित गरेको कम्पनीको दाबी छ। स्पेयर पार्टहरू सहजै र सुपथ मूल्यमा उपलब्ध हुने भएकाले ग्राहकहरूको अनुभव झन्झटरहित हुने कम्पनीले जनाएको छ।
सांग्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले सुविधा, आराम र पर्फर्मेन्समा कुनै सम्झौता नगरी सिट्रोन सी३ को नयाँ मूल्य निर्धारण गरिएको स्पष्ट पारे।
