कठिन अफ–रोड ट्रेल पार गर्ने ‍पिकअप बन्यो टुनल्यान्ड जी७

असार १५, २०८२

कान्तिपुर संवाददाता

Tunland G7 has become a pickup that crosses difficult off-road trails

काठमाडौँ — टुनल्यान्ड जी७ पिकअपले २३ दिनमा नेपालका सबैभन्दा अग्ला र चुनौतीपूर्ण आठ स्थानको यात्रा गरेको छ । टुनल्यान्ड जी७ आफ्नो यात्रा दार्चुलाको हिकिला (२३०० मिटर) बाट सुरु गरेर नेपालको सीमा कोरला (४६६० मिटर) सम्म पुगेको कम्पनीले बताएको छ ।

नेपालका दुर्गम ठाउँमा पुग्न सक्षम टुनल्यान्ड जी७ को परीक्षण मात्र नभई कठिन भौगोलिक अवस्थामा आफ्नो क्षमता, विश्वसनीयता र इनोभेसन प्रदर्शन गर्ने चुनौतीसमेत रहेको फोटोन ब्रान्डका लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले जनाएको छ ।

यात्रामा टुनल्यान्ड जी७ ले फलामे (२४५० मि), खाङ्सार (३७०० मि), सन्दकपुर (३६३६ मि), ढोरपाटन (३००० मि), गुफापोखरी (२८९० मि) हुँदै जुम्ला (२,५१५ मि) सम्मका गन्तव्य पार गरेको जनाएको छ ।

बाहिरबाट शक्तिशाली देखिने टुनल्यान्ड जी७ भित्री डिजाइन र सुविधाका हिसाबले अत्यन्तै आरामदायक र प्रिमियम अनुभव प्रदान गर्ने रहेको कम्पनीको भनाइ छ ।

कान्तिपुर संवाददाता

Link copied successfully