विराटनगरमा कियाको नयाँ सोरुम

‘किया फ्ल्यास एक्सचेन्ज क्याम्प’ असार १४ देखि १६ सम्म चल्ने

असार १३, २०८२

कान्तिपुर संवाददाता

New Kia showroom in Biratnagar

काठमाडौँ — दक्षिण कोरियाली अटोमोबाइल कम्पनी कियाको नेपालका लागि आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले विराटनगरमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ।

कम्पनीले ‘किया सीआई २.०’ मापदण्डअनुसार अद्यावधिक (अपडेटेड) सोरुम सुरु गरेको हो।

सोरुममा नेपालमा उपलब्ध कियाका सबै भेरियन्टका इन्धन तथा विद्युतीय सवारीसाधन उपलब्ध हुनेछन्। नयाँ सोरुम सुरु गरेको उपलक्ष्यमा कम्पनीले तीन दिनसम्म सञ्चालन हुने ‘फ्ल्यास एक्सचेन्ज क्याम्प’ आयोजना गरेको छ।

असार १४ देखि १६ गतेसम्म (जुन २८ देखि ३०) सञ्चालन हुने क्याम्पमा जुनसुकै ब्रान्डका पुराना गाडीहरू कियाका नयाँ गाडीहरूसँग साट्न सकिने छ। एक्सचेन्जका लागि ल्याइएका पुराना गाडीलाई आकर्षक मूल्य प्रदान गरिने कम्पनीले जनाएको छ। यो अफर क्याम्प अवधिमा बुकिङ गरिएका गाडीहरूमा मात्र लागू हुनेछ।

क्याम्पमा कियाका गाडीहरूको निःशुल्क टेस्ट ड्राइभ गर्न सकिनेछ। यस अवसरमा कियाका नयाँ फेसलिफ्ट मोडलहरू– २०२५ संस्करणका सेल्टोस, सोनेट र कारेन्सको परीक्षण ड्राइभ उपलब्ध हुनेछ।

साथै, गाडी खरिदकर्तालाई बैंक तथा वित्तीय संस्थामार्फत सहज किस्ताबन्दी (फाइनान्स) व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ। क्याम्प अवधिमा बिक्री हुने गाडीहरूमा एक वर्षको बीमा तथा सडक कर (रोड ट्याक्स) कम्पनीले स्वयं बेहोर्ने नीति अपनाइएको छ।

कान्तिपुर

Link copied successfully