काठमाडौँ — यामाहा नेपालले काठमाडौंको गोंगबुमा नयाँ ३ एस फ्यासिलिटी (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) सोरुम सञ्चालनमा ल्याएको छ ।
आधुनिक पूर्वाधार र दक्ष टिमसहित मोटो क्राफ्ट्सले अब यामाहाको विश्वसनीय ३एस अनुभव एकै छानामुनि उपलब्ध गराउने बताएको छ ।
टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, एमएडब्ल्यू ग्रुप अफ कम्पनीजका समूह निर्देशक गोपालकुमार अग्रवाल र एमएडब्ल्यू राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपककुमार अग्रवालले सोरुमको उद्घाटन गरेका हुन् । ग्राहकहरूले विस्तृत सेल्स कन्सल्टेसन, भरपर्दो अफ्टर सेल्स सर्भिस तथा सक्कली स्पेयर पार्ट्स एकै स्थानमा प्राप्त गर्न सक्नेछन्।
यामाहा पर्फर्मेन्स, भरपर्दो प्रविधि र इनोभेसनसँग जोडिएको ब्रान्ड भएको समूह निर्देशक अग्रवालले बताए। ‘गोंगबुमा मोटो क्राफ्ट्सले सुरु गरेर हामीले केवल नयाँ सोरुम खोलेका होइनौं, बरु यामाहाका प्रत्येक ग्राहकसम्म पुग्ने हाम्रो उत्कृष्टताको प्रतिबद्धता पनि फैलाइरहेका छौं,’ उनले भने।
गोंगबुमा नयाँ ३एस सोरुम सुरु गर्नु भनेको यामाहाका उत्कृष्ट उत्पादन र सेवाहरू ग्राहकको नजिक पुर्याउने प्रयासको अर्को कदम भएको एमएडब्ल्यू राइड्सका कार्यकारी निर्देशक तथा सीईओ अग्रवाल बताउँछन्।
मोटो क्राफ्ट्सका कार्यकारी निर्देशक सुरोजले उच्च गुणस्तरका यामाहा दुईपाङ्ग्रे सवारीसाधनको बिक्री मात्र नभई भरपर्दो अफ्टर सेल्स सर्भिसमार्फत पनि उत्कृष्ट सेवा दिने बताएका छन्। अब गोंगबु तथा आसपासका ग्राहकहरूले सजिलै यामाहाका मोटरसाइकल, स्कुटर, सर्भिस तथा स्पेयर पार्ट्स प्राप्त गर्न सक्नेछन्।
एमएडब्ल्यू राइड्स अन्तर्गतको यामाहा नेपालले भरपर्दो प्रविधि, इनोभेसन तथा ग्राहक सन्तुष्टिका लागि गरिएको प्रतिबद्धतामार्फत नेपाली दुईपाङ्ग्रे सवारी बजारको नेतृत्व गरिरहेको छ।
