काठमाडौँ — टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले काठमाडौंदेखि भारतको कन्याकुमारीसम्मको (केटुके) यात्रा सम्पन्न गरेका अवशिषप्रसाद ओझा र विजयराम कासजूलाई बधाई दिएको छ ।
विश्व वातावरण दिवस २०८२ (जेठ २३) मा थापाथलीस्थित टाटा मोटर्स शोरूमबाट टाटा कर्भ ईभीमा सुरु गरिएको थियो । भारतको कन्याकुमारीसम्मको पुगेर करिब ६ हजार ७ सय किलोमिटरको यात्रा थापाथलीस्थित टाटा मोटर्स शोरूममै फर्किएर सकिएको छ ।
टाटा कर्भ ईभीको यात्रामा सहभागी ओझा र कासजूले थापाथलीस्थित टाटा मोटर्स शोरूममा यात्राको अनुभव, चार्जिङ इन्फ्रास्ट्रक्चर, सडक अवस्थाहरू, र टाटा कर्भ ईभीको उत्कृष्ट प्रदर्शनबारे बताए ।
'कर्भ ईभीले लामो दूरीको यात्रा अत्यन्त सहज र रोमाञ्चक बनायो। भारतभरका चार्जिङ स्टेसनहरू, रोड कन्डिसन र गाडीको परफर्मेन्स उत्कृष्ट रहेको अनुभव गर्यौं,' ओझाले भने, 'भारतमा एक पटकको चार्जमा ५० सय किलोमिटरभन्दा बढी रेञ्ज दियो भने नेपालमा ३७५ किलोमिटरभन्दा बढी रेञ्ज दिएको थियो । टाटाको गाडी लिएर भारत जाने सोच्दै हुनु हुन्छ भने ढुक्क भएर यात्रा गर्न सकिन्छ ।'
कासजुले यात्रा केवल ड्राइभ मात्र नभई विद्युतीय सम्भावनाहरूको परीक्षण रहेको बताए । 'हामी उत्साहित छौं कि कर्भ ईभीले त्यो सम्भावनालाई प्रमाणित गर्यो,' उनले भने ।
प्यासेन्जर गाडी डिभिजनका जनरल म्यानेजर सावन्त जंग सिजापतिले भने, 'हामी यस ऐतिहासिक ड्राइभमा जोडिन पाएकोमा गर्व गर्छौं। यी प्रेरणादायक अटो उत्साहीहरूलाई धेरै–धेरै बधाई छ। कुनै समय काठमाडौँ बाहिर विधुतीय गाडी लग्न दुइ चोटी सोच्नु पर्थ्यो, अहिले नेपालबाट भारतको यात्रा गर्दा पनि सहज छ भने सन्देश केटुके ड्राइभले पुष्टि गरेको छ।'
