काठमाडौँ — हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले धनगढीमा नयाँ क्रेटा विद्युतीय सवारी साधन (ईभी) सार्वजनिक गरेको छ। लक्ष्मी समूहअन्तर्गतको दिनेश फोर ह्वील्स धनगढीको संयुक्त आयोजनामा नयाँ क्रेटा ईभीसहित हुन्डाईका अन्य नयाँ मोडलहरू पनि प्रदर्शन गरिएको हो।
ईभी खरिद गर्दा स्पेयर पार्ट्सको उपलब्धता, सेवा शुल्क र दीर्घकालीन ब्रान्ड सपोर्टका विषयमा शंका हुने भए पनि हुन्डाई नेपालले देशमै क्रेटा पेट्रोल (आईसीई) मोडलको निर्माण सुरु गरिसकेको छ।
क्रेटा ईभी तथा आईसीई दुवै मोडलमा एउटै प्लेटफर्म प्रयोग भएकोले गाडी किनेपछि सेवा सुविधामा कुनै समस्या नहुने कम्पनीले जनाएको छ।लक्ष्मी हुन्डाईले ईभी इकोसिस्टमलाई अझ मजबुत बनाउन रि-ल्याक्स चार्जिङ स्टेसनहरूको नेटवर्क विस्तार गर्दैछ।
देशभरका विभिन्न स्थानहरूमा रि-ल्याक्स डीसी र एसी गरी ६६ चार्जर सुरु भइसकेका छन्। ग्राहकले हुन्डाईको आईसीई वा ईभी कुनै पनि गाडी खरिद गर्दा सेवा, पार्ट्स र सपोर्टमा कुनै कमी नहुने कम्पनीको दाबी छ।
