एमजी मोटर्स नेपालले सस्तो रेटमा स्पेयर पार्ट्स उपलब्ध गराउँदै

असार १०, २०८२

कान्तिपुर संवाददाता

MG Motors Nepal provides spare parts at affordable rates

काठमाडौँ — एमजी मोटर्स नेपालले आधिकारिक आयातकर्ता एवं विक्रेता पारामाउन्ट मोटर्सले आफ्ना ग्राहकका लागि उत्कृष्ट 'आफ्टर सेल्स' सेवा प्रदान गर्ने प्रतिबद्धता पुनः दोहोर्‍याएको छ । कम्पनीले सयवटा भन्दा बढी स्पेयर पार्ट्सहरूको मूल्य औसत ३० प्रतिशतले  घटाएर ग्राहकहरूलाई सस्तो र सहज सेवा उपलब्ध गराउने घोषणा गरेको हो ।

विश्वास र गुणस्तर मा आधारित ब्रान्डका रूपमा एमजी मोटर्स नेपालले आफ्ना ग्राहकहरूको बढ्दो अपेक्षा  'सहज र किफायती स्वामित्व अनुभव '  पूरा गर्ने प्रयास गर्दै आएको दाबी गरेको छ । पारामाउन्ट मोटर्सले आफ्नो लजिस्टिक्स प्रक्रिया पुनरावलोकन गरी  एमजीको आपूर्ति श्रृंखलासँग समन्वय गरेर खर्च घटाएको छ । यसको फाइदा सीधा ग्राहकलाई पुग्नेछ ।

एमजी मोटर्स नेपालले सेवा पहुँचलाई राष्ट्रव्यापी बनाउन निरन्तर लगानी गर्दै आएको छ। काठमाडौं उपत्यकामा ३ वटा पूर्ण-सुविधायुक्त सेवा केन्द्र र देशभर फैलिएको डिलरसिप नेटवर्कमा १२ भन्दा बढी अतिरिक्त सेवा केन्द्रका साथ कम्पनीले ग्राहकलाई सुविधा प्रदान गर्दै आएको छ । 

कान्तिपुर

Link copied successfully