काठमाडौँ — दिगो ग्रुपले धनगढीमा दिगोको नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । यसका लागि ग्रुपले धनगढीमा ख्वाजा ट्रेडर्सलाई आधिकारिक विक्रेता नियुक्त गरेको छ ।
नयाँ सोरुमको उद्घाटनसँगै दिगोले सुदूरपश्चिम क्षेत्रका ग्राहकलाई हरित तथा नवीनतम विद्युतीय सवारीसाधन सहज रूपमा उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ ।
ख्वाजा ट्रेडर्सद्वारा सञ्चालित सोरुममा दिगोले नेपालभर बिक्रीवितरण गर्दै आएको डीएफएसके ब्रान्डअन्तर्गतका विद्युतीय सवारीसाधन प्रदर्शन तथा बिक्री गरिनेछ । यसमा डाँफे भ्यानको ११ सिट क्षमताको विद्युतीय मोडेलका साथै १४, १६ र १९ सिट क्षमताका माइक्रो बस उपलब्ध हुने कम्पनीले बताएको छ ।
