काठमाडौंमा स्टेलान्टिसको दोस्रो डिलरसिप

जेष्ठ १३, २०८२

कान्तिपुर संवाददाता

Second dealership of Stellantis in Kathmandu

काठमाडौँ — स्टेलान्टिसले नेपालमा दोस्रो डिलरसिप उद्घाटन गरेको छ । गोल्छा अर्गनाइजेसनअन्तर्गतको सहायक कम्पनी सांग्रिला मोटर्सले उक्त डिलरपसिप काठमाडौंको उत्तरढोकामा राखेको छ ।

जेठ ९ मा एक समारोहबीच कम्पनीले उक्त डिलरसिप उद्घाटन गरेको हो, जहाँ विश्वका प्रसिद्ध सिट्रोएन, लिप मोटर र प्युजोका गाडी पाइने कम्पनीले जनाएको छ ।

स्टेलान्टिस इन्डियाका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्धक निर्देशक श्रशैलेश हजेला र सांग्रिला मोटर्सका प्रबन्धक निर्देशक हेमन्त गोल्छाको उपस्थितिमा नेपालस्थित फ्रान्सकी राजदूत भर्जिनी कोर्तेवालले नयाँ डिलरसिपको औपचारिक उद्घाटन गरिन् । 

कान्तिपुर

Link copied successfully