काठमाडौँ — नेपालका लागि होन्डा गाडीको आधिकारिक विक्रेता स्याकार ट्रेडिड कम्पनीले निःशुल्क सर्भिस क्याम्प र होन्डा इलेभेट गाडीको टेस्ट ड्राइभ सम्पन्न गरेको छ ।
होन्डाले आफ्ना ग्राहकलाई मध्यनजर गर्दै विराटनगर, धरान, इटहरी, दमक र बिर्तामोडजस्ता सहरलाई लक्षित गरी तीनदिने निःशुल्क सर्भिस क्याम्प र टेस्ट ड्राइभ सञ्चालन गरेको हो । जहाँ कम्पनीले निःशुल्क सर्भिस क्याम्पमा लेबर चार्जमा २० प्रतिशत, स्पेयर पार्ट्समा ७ प्रतिशत र ल्युबमा ५ प्रतिशत छुट दिएको थियो । साथै २००१ देखि २०१४ मोडलसम्म कम्पनीद्वारा तोकिएको गाडीमा होन्डा सेफ्टी रिलअन्तर्गत निःशुल्क एयर ब्याग पनि परिवर्तन गरिएको थियो ।
