काठमाडौँ — नेपालमा हुन्डाई गाडीको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले इटहरी र विराटनगरमा क्रेटा ईभी सार्वजनिक गरेको छ ।
कम्पनीले अन्तरक्रियात्मक कार्यक्रम पनि आयोजना गरेको छ । इटहरी र विराटनगरमा नयाँ क्रेटा ईभीको सुरुवातले ग्राहकलाई विद्युतीय गाडी लिन सहज हुने कम्पनीको भनाइ छ ।
कम्पनीले यसअघि नै नेपालमा क्रेटा आइस निर्माण सुरु गरिसकेको जनाएको छ । हुन्डाईको पेट्रोल गाडी र ईभी दुवै मोडलमा एउटै प्लेटफर्म प्रयोग भएको छ । यसले ग्राहकलाई ईभी वा पेट्रोल गाडी भएका ग्राहकले सेवा, पार्ट्स र सपोर्ट समान रूपमा पाउने छन् ।
