”काईई एक्सचेन्ज कर्निभल २०८२” हुने

वैशाख १९, २०८२

कान्तिपुर संवाददाता

”KAIE Exchange Carnival 2082” will be held

काठमाडौँ — विद्युतीय सवारी बेच्दै आएको काईई नेपालले "काईई एक्सचेन्ज कर्निभल २०८२" सुरु गर्ने भएको छ । वैशाख २६ देखि २८ गतेसम्म थापाथलीस्थित काईई शोरूम नजिकै तथा हुण्डाई शोरूमको अगाडि आयोजना हुने कर्निभलमा जुनसुकै ब्राण्डका पुरानो गाडी ल्याएर त्यसको मूल्याकंन गराइ बिक्री गर्न सकिनेछ ।

मेलामा गाडी किन्दा वा साट्दा पूर्ण बीमा सुविधा र सडक करजस्ता छुट पनि पाइनेछ । गाडी अग्रिम बुकिङ गर्दा विशेष उपहारहरू प्राप्त हुने पनि काईई नेपालले जनाएको छ । आयोजकले तीन विभिन्न विद्युतीय गाडीहरु मेलामा प्रदर्शन गर्नेछ ।

काईई अटो चीनको सिचुवान प्रान्तको यिबिन सहरमा मुख्यालय भएको एक विश्वप्रसिद्ध सवारी निर्माण कम्पनी हो । यसले इन्धन चालित र विद्युतीय दुवै किसिमका सवारीहरू उत्पादन गर्दै आएको छ ।

कान्तिपुर

Link copied successfully