काठमाडौँ — ईभी ब्रान्ड दिपलले नेपालमा आफ्नो पहिलो वर्ष पूरा गरेको छ । यस अवसरमा दीपलले नेपालमा सार्वजनिक गरेको एक वर्षमै ८ सयभन्दा बढी ग्राहकको विश्वाससमेत जितेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
दिपलका ईभीमा उपलब्ध जेस्चर कन्ट्रोल, एआर–एचयुडी, सनफ्लावर टचस्क्रिनलगायत फिचरहरू रहेको कम्पनीले जनाएको छ । दिपलको आधिकारिक वितरक एमएडब्लु वृद्धिले अहिले नेपालका ९६ भन्दा बढी स्थानमा चार्जिङ स्टेसन सञ्चालन गरेको बताएको छ ।
