काठमाडौँ — लिपमोटरले नयाँ विद्युतीय गाडी सार्वजनिक गरेको छ । चीनमा भइरहेको २१औं संस्करणका ‘अटो सांघाई २०२५’ मा नयाँ सवारी सार्वजनिक गरेको हो ।
कम्पनीले बुधबार लिपमोटरको बी०१ को सेडान–१७७ र २१५ एचपी विद्युतीय सवारी सार्वजनिक गरेको हो । कम्पनीले बी०१ सिरिजका गाडीअन्तर्गत नेपालमा बी१० का गाडी ल्याउने तयारी गरिरहेको सांग्रिला मोटर्सले जनाएको छ ।
गाडीले एक पटकको चार्जमा ५०० किलोमिटर रेन्ज दिने कम्पनीको भनाइ छ । यसमा ६९.९ किलोवाटको एलएफपी ब्याट्री छ । नेपालमा भने बी१० सिरिजको गाडी आगामी साउनमा भित्र्याउने तयारी रहेको कम्पनीले बताएको छ ।
