काठमाडौँ — चेरी अटोमोबाइल कम्पनीको सब–ब्रान्ड ओमोडा एन्ड जेइको ब्रान्डको नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स ‘ईभी पायोनियर अवार्ड’ बाट सम्मानित भएको छ ।
चीनको आन्हुई प्रान्तस्थित वुहु सहरको यिजिउ इन्टरनेसनल एक्स्पो सेन्टरमा आयोजित ‘चेरी इन्टरनेसनल ग्लोबल डिलर कन्फरेन्स २०२५’ मा एसपीजी अटोमोबाइललाई उक्त अवार्डबाट सम्मान भएको हो ।
सम्मेलनमा चेरी होल्डिङ ग्रुप कम्पनीका उपाध्यक्ष सु हुईले एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडालाई उक्त अवार्ड हस्तान्तरण गरे । सम्मेलनमा १२० भन्दा बढी देशका ३ हजारभन्दा बढी डिलरको सहभागिता थियो ।
