बिर्तामोडमा हुन्डाईको क्रेटा

वैशाख २६, २०८२

कान्तिपुर संवाददाता

Hyundai's Creta in Birtamode

काठमाडौँ — हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले झापा बिर्तामोडमा हुन्डाई क्रेटा ईभी सार्वजनिक गरेको छ । बिर्तामोडमा आयोजित एक समारोहबीच कम्पनीले उक्त गाडी सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार क्रेटा ईभीको प्रारम्भिक मूल्य ५१ लाख ९६ हजार रुपैयाँ छ । क्रेटा ईभीमा २ सय एमएम ग्राउन्ड क्लियरेन्स, १७ डिग्री ब्रेक ओभर एंगल, ११ किलोवाट एसी चार्जिङ, चार घण्टामा पूरै चार्ज गर्न सकिने, एडभान्स सेफ्टी फिचर, ६ वटा एयर ब्याग र ३६० डिग्री क्यामेराजस्ता विशेषता रहेको कम्पनीले बताएको छ ।

कान्तिपुर

Link copied successfully