काठमाडौँ — लिपमोटरले लगातार दोस्रो महिना पनि चीनको नम्बर १ एनईभी स्टार्टअप कम्पनीको स्थान कायम राखेको छ ।
नेपालमा लिपमोटर सवारी साधनको अधिकारिक आयातकर्ता साङ्ग्रिला मोटर्स प्रालिले लिपमोटरले फेरि एक पटक सबैलाई पछि पार्दै ४० हजारभन्दा बढी अर्थात ४१ हजार ३९ सवारी साधन डेलिभर गरेको जानकारी दिएको छ ।
प्रकाशित तथ्यांकअनुसार अप्रिल महिनामा ४० हजार भन्दाबढी डेलिभरी गर्न सफल भएको एक मात्र एनईभी स्टार्टअप लिपमोटर नै थियो । जनवरीदेखि अप्रिलसम्म लिपमोटरले जम्मा १ लाख २८ हजार ५९१ सवारी साधन डेलिभर गरिसकेको छ ।
साङ्ग्रिला मोटर्स प्रालिले यस उपलब्धिमा गर्व व्यक्त गर्दै नेपालमा प्रमुख इभी बिक्रेता बन्ने आफ्नो प्रतिबद्धता प्रस्तुत गरेको छ ।
साङ्ग्रिला मोटर्स प्रालि प्रतिष्ठित गोल्छा अर्गनाइजेसनको सदस्य हो, प्यूजो, सिट्रोएन र लिपमोटरको एकमात्र आधिकारिक आयातकर्ता रहेको छ ।
