काठमाडौँ — नेपालमा हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले भरतपुरमा नयाँ क्रेटा ईभी सार्वजनिक गरेको छ । वैशाख २९ मा आयोजित समारोहबीच हुन्डाईको आधिकारिक डिलर पिनाकल ट्रेडिङले नयाँ क्रेटा ईभी सार्वजनिक गरेको हो ।
सोही अवसरमा कम्फनीले ग्राहक र व्यवसायीसँग अन्तरक्रियात्मक कार्यक्रमसमेत गरेको छ । त्रेटा ईभी र आईसीई दुवै मोडलमा उफलब्ध छन् । त्रेटाको ईभी र आईसीई जुनै गाडी खरिद गर्दा सेवा, पार्ट्स र सपोर्टमा कुनै कमी नहुने कम्पनीको दाबी छ ।
