काठमाडौँ — चिनियाँ विद्युतीय सवारी निर्माता कम्पनी सेरेसले थाइल्यान्डमा आफ्नो ईभी एसयूभी सेरेस ३ गाडी सार्वजनिक गरेको छ ।
सेरेस ३ लाई एडिसन कम्पनीले थाई बजारमा भित्र्याएको हो । कम्पनीका अनुसार सेरेस ३ दुई भेरिएन्टमा उपलब्ध छन् । सेरेस ३ कम्फर्टको मूल्य ६ लाख ७० हजार र सेरेस ३ कम्फर्ट सनरुफको मूल्य ६ लाख ९९ हजार ९ सय थाईभाट रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
एडिसन ईभी डिलर नेटवर्क डेभलमेन्ट म्यानेजर तञ्जिरा पुरिट पुट्टिफनले कम्पनीले थाइल्यान्डमा सेरेसको केन्द्रीय शोरुम स्थापना गर्ने तयारी गरिरहेको जानकारी दिए । साथै कम्पनीले सन् २०२५ भित्र थाइल्यान्डमा ३० वटा डिलर खोल्ने र एक वर्षमा एक हजार युनिट सेरेस बिक्री गर्ने लक्ष्य लिएको जनाएको छ ।
