काठमाडौँ — नेपालमा प्रोटोन गाडीको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले फाइनान्स योजना ल्याएको छ ।
यस योजनाअनुसार ग्राहक ६० मिनेटभित्र ४.९९ प्रतिशत ब्याजदरमै प्रोटोनको ई.मास७ खरिद गर्न सक्नेछन् । कम्पनीको फाइनान्स योजनाले ग्राहकलाई विद्युतीय गाडी खरिद गर्न सहज हुने भनाइ छ । कम्पनीले ग्राहकलाई प्राथमिकतामा राख्दै यस योजना ल्याएको जनाएको छ ।
यस अवसरमा जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले नेपालमा विद्युतीय सवारी साधनको अपनत्वलाई तीब्र बनाउने प्रतिबद्धतास्वरुप उक्त योजना ल्याएको जानकारी दिए । कम्पनीको उक्त योजनाले प्रोटोन ई.मास७को माग अझ बढ्ने विश्वास रहेको जनाएको छ ।
