स्काइवेलकाे एक्सचेन्ज अफर– अपग्रेड टु स्काइवेल-ड्राइभ लक्जरी ईभी एसयुभी

जेष्ठ ३, २०८२

कान्तिपुर संवाददाता

Skywell Exchange Offer – Upgrade to Skywell-Drive Luxury EV SUV

काठमाडौँ — स्काइवेलका विद्युतीय सवारीकाे आधिकारिक वितरक जी मोटर्स प्रालिले स्काइवेल एक्सचेन्ज अफर— अपग्रेड टु स्काइवेल-ड्राइभ लक्जरी ईभी एसयूभी सार्वजनिक गरेको छ ।

लक्जरी, प्रिमियम ईभी र रियल एसयूभीमा अपग्रेड हुने सुनौलो मौकाका रुपमा नक्साल-काठमाडौं, राधेराधे-भक्तपुर, इटहरी-सुनसरी, विराटनगर, पोखरा र चितवनका सबै शोरुममा अफर प्राप्त हुने कम्पनीले जनाएको छ । 

उक्त अवसरमा हरेक स्काइवेल खरिदमा एक कपल्सले युरोप टुर प्राप्त गर्नुका साथै स्पेशल छुट र एक्सचेन्ज अफरमा बिशेष बोनससमेत प्राप्त हुनेछ । लोन सुविधाका लागि २० प्रतिशत डाउनपेमेन्ट दिएर  फाइनान्स सुविधा पनि रहेको कम्पनीले जनाएकाे छ ।  

कान्तिपुर

Link copied successfully