काठमाडौँ — नेपालका लागि होन्डा गाडीको आधिकारिक बिक्रेता, स्याकार ट्रेडिङ कम्पनीले ग्राहक केन्द्रित सेवालाई प्राथमिकता दिँदै तीनदिने निःशुल्क सर्भिस क्याम्प आयोजना गरेको छ । काठमाडौं, ललितपुर, भक्तपुरलगायतका सहरलाई लक्ष्य गर्दै जेठ २७ देखि २९ सम्म उक्त क्याम्प आयोजना गरेको हो ।
ललितपुरको धोबीघाटस्थित होन्डा सर्भिस सेन्टरमा सञ्चालन भइरहेको उक्त क्याम्पमा सेवा तथा सुरक्षाको थप सुनिश्चितता प्रदान गर्ने उद्देश्य रहेको कम्पनीले जनाएको छ । क्याम्पअन्तर्गत २००१ देखि २०१४ मोडलसम्मका कम्पनीद्वारा तोकिएका गाडीमा होन्डा सेफ्टी रिकल कार्यक्रमअन्तर्गत निःशुल्क एयरब्याग परिवर्तन गरिने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
ग्राहकले विभिन्न सेवामा ५ देखि २० प्रतिशतसम्म छुट पाउनेछन् । गाडीको लुब्रिकेन्ट्समा ५, पाटर््समा ७, लेबर चार्ज तथा डेन्टपेन्टमा १० र एसी रिफिलमा २० प्रतिशत छुट पाउने कम्पनीले बताएको छ ।
