बीवाईडी डल्फिन २०२५ को मूल्य ४१ लाख १५ हजार रूपैयाँ
काठमाडौँ — बीवाईडी अटो इन्डष्ट्री कम्पनीको आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी डल्फिनको बहुप्रतिक्षित २०२५ संस्करण सार्वजनिक गरेको छ।
नेपालको इलेक्ट्रिक ह्याचब्याकको स्तरलाई नयाँ परिभाषा दिंदै अपग्रेड गरिएको बीवाईडी डल्फिन २०२५ सार्वजनिक गरेको हो । ईभी उद्योगमै पहिलो पटक लिथियम आइरन फस्फेट (एलएफपी) लो भोल्टेज ब्याट्री (एलभीबी) प्रयोग गरिएको छ ।
परम्परागत लिड–एसिड ब्याट्रीलाई विस्थापित गरेको विवाइडीले जनाएको छ । यो पारम्परिक ब्याट्रीभन्दा ६ गुणा हल्का, ५ गुणा कम सेल्फ डिस्चार्ज हुने विशेषतायुक्त छ भने यसको आयु १५ वर्ष सम्म हुने कम्पनीले जनाएको छ । यसले लो–भोल्टेज इनर्जी स्टोरेज र विश्वसनियतामा नयाँ विश्वस्तरीय मापदण्ड निर्धारण गरेको छ।
एलएफपी लो भोल्टेज ब्याट्रीमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरको वारेन्टी उपलब्ध हुनेछ । बीवाईडी डल्फिन २०२५ ले अत्याधुनिक बीवाईडी ई–प्लेटफर्म ३.० र सुरक्षित ब्लेड ब्याट्री प्रविधिलाई निरन्तरता दिएको छ, जसले ३४० किमीको डब्लुएलटीपी रेन्ज दिनेछ । डीसी चार्जिङ क्षमता र ब्याट्रीलाई ३० मिनेटमै ८० प्रतिशत सम्म चार्ज गर्न सकिनेछ ।
बीवाईडी डल्फिन २०२५ को मूल्य ४१ लाख १५ हजार रूपैयाँ राखिएको छ । जसमा ७ किलोवाटको होम चार्जर पनि समावेश गरिएको छ।बीवाईडी डल्फिनको विश्वव्यापी रूपमा ८ लाख ३० हजार युनिट डेलिभरी गरेको थियो । जसअन्तर्गत २ हजार ४९०औं युनिट नेपालमा डेलिभर गरिएको कम्पनीले जनाएको छ ।
