काठमाडौँ — एमजी गाडीको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले नेपाली बजारमा नयाँ एमजी कमेट ईभी ल्याएको छ । आधुनिक सहरी जीवनशैलीलाई दृष्टिगत गर्दै कम्पनीले नेपाली बजारमा उक्त गाडी ल्याएको हो ।
एमज कमेट ईभीमा चार सिट क्षमता छ । यो बाहिरी रूपमा सानो देखिए पनि भित्र पर्याप्त स्थान रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसमा रियर पार्किङ क्यामेरा, सहरी क्षेत्रमा पार्क गर्न सजिलो बनाउने प्रविधि, ३.५ घण्टामै चार्ज हुनेलगायत एमजी कमेट ईभीमा थप गरिएका फिचर हुन् ।
उक्त गाडीमा पावर फोल्डेबल साइड मिरर र १७.३ किलोवाट क्षमताको प्रिज्मेटिक सेलसाथ आउने लिथियम आएन ब्याट्री यसका थप विशेषता हुन् । एक पटकको चार्जमा यसले २३० किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ । कम्पनीले यस गाडीको ब्याट्रीमा ८ वर्षको अथवा १ लाख २० हजार किलोमिटरको वारेन्टी रहेको जनाएको छ ।
