नेपाली बजारमा नयाँ बीएमडब्लू आईएक्स२ इलेक्ट्रिक एसएभी

जेष्ठ २६, २०८२

कान्तिपुर संवाददाता

New BMW IX2 Electric SAV in Nepali market

काठमाडौँ — नेपालका लागि बीएमडब्लू गाडीको आधिकारिक आयातकर्ता तथा डिलर लक्ष्मी प्रिमियम मोर्टसले नयाँ बीएमब्ल्यू आईएक्स२ इलेक्ट्रिक एसएभी (स्पोर्ट्स एक्टिभिटी भेहिकल) नेपाली बजारमा ल्याएको छ ।

कम्पनीले नेपालमा विद्युतीय सवारी बीएमडब्लू आईएक्स२ ई–ड्राइभ२० बजारमा ल्याएको जनाएको छ । कम्पनीका अनुसार बीएमडब्लू आईएक्स२ ले अधिकतम १५० किलोवाटको पावर दिन्छ ।

साथै यसले २०४ को एचपी पावर उत्पादन गर्ने कम्पनीको दाबी छ । साथै यस गाडीको रेन्ज ४३० देखि ४७५ किलोमिटरसम्म रहेको कम्पनीको भनाइ छ ।

बीएमडब्लू आईएक्स२ ई–ड्राइभ२० ले २५० एनएम टर्क उत्पादन गर्ने, ८.६ सेकेन्डमा सय किलोमिटर प्रतिघण्टाको गतिमा पुग्न सक्नेलगायत विशेषता रहेको कम्पनीले बताएको छ । साथै सुरक्षा फिचरमा अटो होल्डफंक्सनसहितको इलेक्ट्रो मेकानिकल पार्किङ ब्रेक र इन्टेग्रेटेड ब्रेकिङ सिस्टम छ ।

कान्तिपुर

Link copied successfully