इलेक्ट्रिक लक्जरी ‘जीकर एक्स’ एसयूभी सुलभ मूल्यमा

जेष्ठ २०, २०८२

कान्तिपुर संवाददाता

Electric luxury 'Zekar X' SUV at an affordable price

काठमाडौँ — नेपालका लागि जिकरको आधिकारिक वितरक पायोनियर मोटोकर्पले कम्प्याक्ट लग्जरी एसयूभी ‘जीकर एक्स’ सुलभ मूल्यमा उपलब्ध गराउने भएको छ ।

कम्पनीले नयाँ र परिमार्जित मूल्य ७४ लाख ९९ रूपैयाँमा उपलब्ध गराउने जानकारी दिएको हो । ८४ लाख ९९ हजार रुपैयाँ बजार मूल्य रहेको जिकर एक्स अब १० लाख रुपैयाँ कम मूल्यमा उपलब्ध गराउन लागिएको कम्पनीको भनाइ छ ।

कम्पनीको अनुसार ‘अनचेन्ड ड्युटि, अनबिटेबल प्राइस’ नाम रहेको यस योजनाअनुसार ग्राहकले मात्र २० प्रतिशत डाउन पेमेन्टमा गाडी खरिद गर्न सक्नेछन्  । साथै एक्सचेन्ज बोनस, अटो प्लस बिमा, सडक करमा १ आर्थिक वर्षको छुट र ७ किलोवाट वाल चार्जर निःशुल्क पाउनेछन् । जीकर एक्समा २०० किलोवाट मोटर रहेको छ । जसले उत्कृष्ट पर्फमेन्स र सहज, रेस्पोन्सिभ ड्राइभ अनुभव प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।

जीकर एक्सको डब्लुएलटीपी रेन्ज ४४० किलोमिटर रहेको छ । 

कान्तिपुर

Link copied successfully