काठमाडौँ — एमएडब्लू वृद्धि मोटर्सले डोङफेङ नामी र सेरेसका लागि ‘इज अन वालेट’ अफरको घोषणा गरेको छ ।
जेठ ११ देखि १५ सम्म चल्ने अफरमा ग्राहकले नामी र सेरेस गाडी उत्कृष्ट मूल्यमा पाउने कम्पनीले जनाएको छ ।
यो अफर नेपालभरका सबै नामी र सेरेस सोरुममा सञ्चालन भइरहेको कम्पनीले जनाएको छ ।
यसमा ग्राहकलाई नयाँ ईभी मोडल अनुभव गर्ने, विशेष अफर तथा सुविधाको लाभ लिने र इलेक्ट्रिकमा स्विच गर्न अझ सजिलो बनाउने कम्पनीको दाबी छ ।
ग्राहकले यस अफरमा चार्जर, एक वर्षको अटो–प्लस बिमा र एक वर्षको सवारी करको सुविधा पाउनेछन् ।
