काठमाडौँ — डोङफेङ नामीले उत्पादन गरेको विद्युतीय सवारी मोडल जेएफ–एस३ ले ४० भन्दा बढी देशमा १२ हजारभन्दा बढी युनिट बिक्री गरेको छ ।
जुनफेङ कम्पनीका अनुसार सन् २०२४ को डिसेम्बरदेखि युरोपमा डेलिभरी सुरु भएपछि जेएफ–एस३ ले युरोपेली बजारमा उल्लेखनीय उपस्थिति जनाउँदै आएको छ ।
यसै सन्दर्भमा कम्पनीले हालै सार्वजनिक गरेको नयाँ मोडल जेएफ–०६ इन्टरस्टेलर जियोमेट्रिक डिजाइन भाषामा निर्माण गरेको बताएको छ । यस मोडलमा लाइट स्ट्रिप र २५६–रङको एम्बियन्ट लाइटिङसहितको लाइट डोमेन सराउन्डिङ ककपिट रहेको कम्पनीको भनाइ छ ।
