सेरेसले नेपालभर सुरु गर्‍यो ‘मनसुन एक्सचेन्ज क्याम्प’

उत्कृष्ट भ्यालुएसन र एक्सचेन्ज बोनसको ग्यारेन्टी

असार १३, २०८२

कान्तिपुर संवाददाता

Ceres started 'Monsoon Exchange Camp' across Nepal

काठमाडौँ — सेरेस नेपालले ‘मनसुन एक्सचेन्ज क्याम्प’ सञ्चालनमा ल्याएको छ ।

क्याम्प आगामी बुधबारसम्म (असार २० सम्म) नेपालभर सञ्चालन हुनेछ ।यस क्याम्पमार्फत ग्राहकहरूले आफ्ना पुराना गाडीहरू उच्चतम मूल्यमा एक्सचेन्ज गरी सेरेस ३ मा अपग्रेड गर्ने अवसर पाउनेछन्।

कम्पनीका अनुसार यो अभियान ग्राहकहरूलाई दिगो र भविष्यमैत्री विद्युतीय सवारी (ईभी) रोज्न प्रोत्साहन गर्ने उद्देश्यले सुरु गरिएको हो।सेरेसले एक्सचेन्ज गर्दा ग्राहकहरूले इन्डस्ट्रीकै उत्कृष्ट भ्यालुएसन प्राप्त गर्ने र सुनिश्चित सेवासहित थुप्रै फाइदाहरू उपलब्ध हुने जनाएको छ।

क्याम्प अवधिमा ग्राहकहरूले आकर्षक एक्सचेन्ज बोनस, अटो प्लस बीमा, प्रिमियम एक्सेसरिज, साथै विशेष नगद छुट समेत प्राप्त गर्न सक्नेछन्।

सेरेस नेपालका अनुसार यो क्याम्प कम्पनीका सबै विद्युतीय सवारीसाधनमा ट्रान्जिसन ईभीलाई अझ फाइदाजनक र पहुँचयोग्य बनाउन डिजाइन गरिएको हो।

कान्तिपुर

Link copied successfully