काठमाडौँ — सवारीसाधनको आयात, उत्पादन तथा जडानसम्बन्धी निर्देशिका २०८२ का सन्दर्भमा भइरहेको तयारीबारे अटो व्यवसायी र यातायात व्यवस्था विभागबीच छलफल भएको छ ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीको नेतृत्वको प्रतिनिधि मण्डलले सोमबार विभागका महानिर्देशक राजीव पोखरेलको उपस्थितिमा छलफल गरेको हो ।
अध्यक्ष चौधरीले प्रस्तावित निर्देशिकामा भएका बुँदाहरूबारे नाडा र विभागबीच विस्तृत छलफल गरी अघि बढ्नुपर्ने धारणा राखे ।
महानिर्देशक पोखरेलले सरोकारवाला निकायसँग थप छलफल गरेर नीतिगत स्पष्टता ल्याइने बताए । सवारी साधन आयातसम्बन्धी कुनै स्पष्ट नियम नभएकाले निर्देशिकाको तयारी भइरहेको उनको भनाइ थियो ।
