काठमाडौँ — ग्राहकलाई सुविधा दिन र आफ्टर सेल्स सर्भिसलाई अझ सशक्त बनाउन एमएडब्लू वृद्धिले बालकुमारी र बसुन्धरामा दुईवटा अत्याधुनिक, विद्युतीय सवारी साधन (ईभी) सर्भिस सेन्टर सञ्चालन गर्न लागेको छ।
रणनीतिक रूपमा सहरका प्रमुख स्थानमा स्थापना हुने यी सर्भिस सेन्टरले ग्राहकलाई अझै सहज, छिटो र विशेषज्ञस्तरको सेवा प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।
यी सुविधाहरु डीपल, डोंगफेंग र सेरेस ब्रान्डका विद्युतीय सवारी साधनका लागि मात्रै हुने कम्पनीले जनाएको छ । सर्भिस सेन्टरमा २५ वटा विशेष सर्भिस बेहरू रहनेछन् । जसकारण धेरै संख्याका गाडीहरूलाई एकैपटक सजिलो, सूक्ष्म र दक्ष रूपमा मर्मत गर्न सक्ने क्षमता राख्नेछ।
एक्स्पर्ट केयरका लागि नयाँ केन्द्रहरू एमएडब्लूका दोस्रो र तेस्रो ईभी डेडिकेटेड सर्भिस वर्कसप हुनेछन् । यो विस्तारसँगै एमएडब्लू वृद्धिको ईभी सर्भिस सेन्टरको संख्या तीन वटा पुग्ने कम्पनीले जनाएको छ । यी नयाँ सर्भिस सेन्टर आगामी ३ देखि ५ महिनाभित्र पूर्णरूपमा सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।
