ओमोडाको देशभर 'मनसुन चेक-अप क्याम्प' सुरु

असार २३, २०८२

कान्तिपुर संवाददाता

'Monsoon Check-up Camp' started across Omoda

काठमाडौँ — ओमोडा एन्ड जेइकोका लागि नेपालमा आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले मनसुन लक्षित देशव्यापी ‘मनसुन चेक–अप क्याम्प’ योजना सार्वजनिक गरेको छ। उक्त क्याम्प असार २५ देखि साउन २ गतेसम्म सञ्चालन हुनेछ।

मनसुन सिजनमा गाडीहरूको उत्कृष्ट कार्यसम्पादन र सुरक्षा सुनिश्चित गर्न चेक–अप तथा मर्मत सेवाहरू प्रदान गर्ने उद्देश्यले ‘मनसुन चेक–अप क्याम्प’ ल्याइएको कम्पनीले जनाएको छ।

क्याम्पमा सहभागीले आफ्नो गाडीको सहजता र सुरक्षाका लागि सर्भिसिङ जब तथा ब्रेक प्याड परिवर्तन गर्दा लेबर चार्जमा १०० प्रतिशत छुट पाउनेछन्।

टप वासमा १०० प्रतिशत छुट, सस्पेन्सन पार्ट्समा आवश्यक पाटपूर्जा प्रतिस्थापन तथा फेरबदल गर्दा लेबर चार्जमा ५० प्रतिशत छुट, सामान्य बडी सर्भिसिङ जबहरूमा १० प्रतिशत छुट र स्पेयर पार्ट्समा पनि १० प्रतिशत छुट उपलब्ध हुने कम्पनीले जनाएको छ।

यी लाभहरूका कारण ग्राहकका लागि मनसुनमा आवश्यक गाडी सर्भिसिङ तथा मर्मतकार्य अझ किफायती हुने कम्पनीको भनाइ छ। देशभरका १२ वटा सेवा केन्द्रहरूमा चेक–अप क्याम्प सञ्चालन हुनेछ।

काठमाडौँ उपत्यकाभित्र सीतापाइला (एसपिजि अटोमोबाइल्स) र भक्तपुर (परिवार कार क्लिनिक) मा क्याम्प हुनेछ । उपत्यका बाहिर वीरगञ्‍ज (दर्शी अटोमोबाइल्स), बुटवल (सिद्धि विनायक मोटर्स), नेपालगञ्ज (देवमंगल इन्जिनियरिङ), र चितवन (युनाइटेड अटो कन्सर्न), धनगढी (नवदुर्गा टेक्नोलोजि), पोखरा (एलिट मोटर्स), इटहरी (पाथीभरा अटो), विर्तामोड (ओपि इन्टरनेसनल), दाङ (एनएल मोटो कर्प), र सुर्खेत (बुटवल भेराइटि) मा मनसुन चेक-अप क्याम्प सञ्चालन हुँदैछ ।

कान्तिपुर

Link copied successfully