बीवाईडीले उत्पादन गर्‍यो १ करोड ३० लाख इभी

श्रावण ६, २०८२

कान्तिपुर संवाददाता

BYD produced 13 million EVs

काठमाडौँ — सवारी निर्माता कम्पनी बीवाईडीले १ करोड ३० लाख युनिट विद्युतीय सवारी साधन (ईभी)उत्पादन गरेको छ ।

चीनको सेन्झेन–शानवेई स्पेसल कोअपरेसन जोनमा रहेको जियाओमो प्रोडक्सन बेसमा माइलस्टोन मोडलको रुपमा याङवाङ यु७ लाई कम्पनीले १ करोड ३० लाख सवारीको रुपमा सार्वजनिक गरी उत्सव मनाएको हो । 

सन् २०२५ को पहिलो अर्धवार्षिक अवधिमा बीवाईडीको बिक्री लगातार रुपमा बढिरहेको छ । गत जनवरी देखि जुन सम्मको अवधिमा बीवाईडीको घरेलु बिक्रीमा गत वर्षको यही अवधिको तुलनामा ३१.५ प्रतिशत वृद्धि भई २१ लाख १३ हजार युनिट पुगेको छ ।

अन्तर्राष्ट्रिय बिक्री १२८.५ प्रतिशत वृद्धि भई ४ लाख ७२ हजार युनिट पुगेको बीवाइडीले जनाएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully