नाइमा अटो शोमा  सार्वजनिक हुँदै 'फोर्थिङ' इभी

'फोर्थिङ'मा ६४.४ किलोवाट आवर ब्याट्री र ९९ किलोवाट मोटर पावर हुनेछ

श्रावण ११, २०८२

कान्तिपुर संवाददाता

'Forthing' EV to be unveiled at Naima Auto Show

काठमाडौँ — लक्ष्मी ई-मोबिलिटीले चीनको विद्युतीय सवारी ब्रान्ड ‘फोर्थिङ’ लाई नेपाली बजारमा ल्याउने घोषणा गरेको छ। साउनमा हुने नेपाल अटोमोबाइल आयातकर्ता तथा निर्माता संघ (नाइमा)को राष्ट्रिय अटो प्रदर्शनीमा मार्फत फोर्थिङ इभी सार्वजनिक गरिनेछ। 

लक्ष्मी ग्रुपले हुन्डाई, बीएमडब्ल्यू, कायीलगायत ब्रान्डका यात्रुवाहक र मालवाहक गाडी तथा अटो पार्ट्स बिक्रीवितरण गर्दै आएको छ।  स्मार्ट डिजाइन र अत्याधुनिक इलेक्ट्रिक मोबिलिटी प्रविधिका लागि चिनिएको 'फोर्थिङ' ब्रान्डले नेपालमा प्रिमियम इलेक्ट्रिक एसयूभीसँग आफ्नो सुरुवात गर्दैछ।  

गाडीको औपचारिक उद्घाटन नाइमा अटो शो २०२५ मा गर्ने कम्पनीको योजना छ । कुल ६४.४ किलोवाट आवर ब्याट्री, ९९ किलोवाट मोटर पावरसहितको यो एसयूभीले ४०० किलोमिटर भन्दा बढीको दूरी तय गर्नसक्ने कम्पनीको दाबी छ । 

कान्तिपुर संवाददाता

Link copied successfully