निर्वाचन क्षेत्र नम्बर-३ का उम्मेदवार अरबिन्द साहले अचारसंहिता विपरीतका सामग्री गाडीमा राखेर प्रयोग गरिरहेको सूचना पाएपछि ती सामग्री नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए ।
बारा — प्रहरीले निर्वाचन प्रचारको क्रममा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का गाडी र सामान आइतबार नियन्त्रणमा लिएको छ ।
निर्वाचन क्षेत्र नम्बर -३ का उम्मेदवार अरबिन्द साहले अचारसंहिता विपरीतका सामग्री गाडीमा राखेर प्रयोग गरिरहेको सूचना पाएपछि गाडी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए ।
टाटा सुमो गाडीमा रहेको उक्त सामग्री जितपुरसिमरा उपमहानगरपालिकाको डुमरवानाबाट नियन्त्रणमा लिइएको उनले बताए ।
गाडीभित्रबाट पार्टीको चुनाव चिह्न अंकित १ सय ३१ थान टिसर्ट नियन्त्रणमा लिएर गाडी छाडिएको उनले बताए ।
