मतदातालाई आकर्षण गराउन दल तथा उम्मेदवारहरुले घरदैलो, सभा र रोड सो लगायत चुनाव प्रचारका कार्यक्रम गरेका छन् ।
काठमाडौँ —
फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको खुला चुनावी प्रचारको अवधि सकिँदै छ । मतदातालाई आकर्षण गराउन दल तथा उम्मेदवारहरुले घरदैलो, सभा र रोड सो लगायत चुनाव प्रचारका कार्यक्रम गरेका छन् । उनीहरु ब्यानर, झन्डासहित सांस्कृतिक माहोल बनाएर मतदाताका घर-आँगमनमा पुगे । काठमाडौं उपत्यकाकामा दल र उम्मेदवारहरुको प्रचारप्रसार कार्यक्रमहरुलाई कान्तिपुरका फोटो पत्रकारहरुले आफ्ना क्यामेरामा कैद गरेका छन् ।काठमाडौंमा कांग्रेस, एमाले, नेकपा, रास्वपा, राप्रपा, उज्यालो नेपाललगायत पार्टीका उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा छन् । सोमबार मध्यरातिदेखि निर्वाचन आचारसंहिताअनुसार मौन अवधि सुरु हुनेछ ।
![Candidates' different styles to win the hearts of voters [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/electioncampaignebypoliticalparty20260217mg1659-0132026031205-1000x0.jpg&w=1001&h=0)
![Candidates' different styles to win the hearts of voters [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/rsscampaign20260228632-0132026031309-1000x0.jpg&w=1001&h=0)