गाडीबाटै नओर्लि फर्किए वीरगन्जबाट बालेन्द्र

बुधबार बिहानैदेखि बालेन्द्र शाह मधेश प्रदेशका जिल्लाहरूको दौडाहामा थिए । सर्लाहीको लालबन्दी, रौतहटको चन्द्रपुर, बाराको निजगढ, कलैया र त्यसपछि उनी वीरगन्ज आइपुगेका थिए ।

माघ २८, २०८२

शंकर आचार्य

पर्सा — रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बुधबार दिउँसो वीरगन्ज आइपुगेका थिए । कलैयाबाट प्रतिमा चोकहुँदै वीरगन्ज प्रवेश गरेका शाह करिब आधा घण्टा वीरगन्जमा रोकिएका थिए ।

प्रतिमा चोकबाट बसपार्क, छपकैंया, घण्टाघर आइपुगेका शाहलाई घण्टाघरमा भिडले घेरेको थियो । दिउँसो डेढ बजे उनी वीरगन्ज आउने भनिए पनि करिब डेढ घण्टापछि वीरगन्ज प्रवेश गरेका थिए ।

गाडीभित्रैबाट उनले स्थानीयलाई अभिवादन गरेका थिए । त्यसक्रममा उनले घण्टी बजाएका थिए । वीरगन्जमा उनी गाडीबाट कही पनि ओर्लिएनन् । कतै पनि उनले भाषण गरेनन् । घण्टाघर चोकबाट उनी सोझै बाराको सिमरातर्फ लागेका थिए । बुधबार बिहानैदेखि उनी मधेश प्रदेशका जिल्लाहरूको दौडाहामा थिए । सर्लाहीको लालबन्दी, रौतहटको चन्द्रपुर, बाराको निजगढ, कलैया र त्यसपछि उनी वीरगन्ज आइपुगेका थिए ।

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully