प्रदर्शनकारीमाथि दमन गर्ने प्रहरीलाई कारबाही गर्न सात दलको माग

मंगलबार अबेर राति सात दलका प्रतिनिधिले संयुक्त विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण आन्दोलनमा लाठीचार्ज गरेका प्रहरी अधिकारीमाथि कारबाहीको माग गरेका छन् ।

कार्तिक २५, २०८२

कमलेश ठाकुर

Seven parties demand action against police who repress protesters

जनकपुरधाम — प्रदर्शनकारीमाथि दमन गर्ने प्रहरीलाई कारबाही गर्न सात दलले माग गरेका छन् । 

मंगलबार अबेर राति सात दलका प्रतिनिधिले संयुक्त विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण आन्दोलनमा लाठीचार्ज गरेका प्रहरी अधिकारीमाथि कारबाहीको माग गरेका हुन् । उनीहरूले घटक दलका सम्पूर्ण नेता, कार्यकर्ता र न्यायप्रेमी जनतालाई बुधबार बिहान ८ बजे प्रदर्शनमा सहभागी हुन पनि अनुरोध गरेका छन् । 

नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादव र उनको मन्त्रिपरिषद्का सदस्यलाई सार्वजनिक रूपमा बहिष्कार गर्न ती दलले विज्ञप्तिमार्फत अपिल गरेका छन् । 

मंगलबार साँझ प्रहरी र प्रदर्शनकारीबीच मधेश भवनअगाडि झडप भएको थियो । त्यही क्रममा प्रदर्शनकारीमाथि प्रहरीले लाठीचार्ज गरेका थिए । झडपमा परेर १० जना प्रदर्शनकारी घाइते भएका छन् ।

कमलेश कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully