अस्पताल पुगेर सोनलले भने, ‘दंगा भड्काउने अधिकारीलाई कारबाही हुन्छ’
जनकपुरधाम — मधेश भवन अगाडि प्रहरीले गरेको लाठीचार्जमा परी पत्रकारसहित कम्तीमा १० जना प्रदर्शनकारी घाइते भएका छन् ।
प्रहरीको लाठी लागेर नागरिक दैनिकका धनुषा संवाददता सुरेन्द्र यादवसहित केही प्रदर्शनकारी घाइते भएको धनुषा प्रहरीले जनाएको छ । घाइतेहरुको प्रादेशिक अस्पताल र धनुषा अस्पतालमा उपचार भइरहेको छ ।
घाइतेका विषयमा यकिन तथ्यांक संकलन भइरहेको धनुषा प्रहरीले जनाएको छ ।
घाइतेहरुलाई अस्पतालमा भेट्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रदेशसभा सदस्य तथा निर्वतमान मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल)ले दंगा भड्काउने अधिकारीलाई कारबाही हुने आश्वासन दिएका छन् ।
शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरीले दमन गरेको उनले बताए ।
